Shikhar Insurance

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

सिंहदरबार संवाददाता
२०७९ असार २३, बिहीबार ११:२६
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन पनि १६ सय रुपैयाँले घटेर ९६ हजार कायम भएको छापावल सुन आज पनि १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजावी सुन पनि प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन ९५ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्