Shikhar Insurance

नेप्से परिसूचक घट्ने क्रमले पायो निरन्तरता

सिंहदरबार संवाददाता
२०७९ असार २३, बिहीबार १६:३७
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १६.६० अंकले घटेर २ हजार २७.३२ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सिटिभ इण्डेक्स ३.४२ अंकले घटेर ३ सय ८५..४९ को विन्दुमा बन्द भएको हो ।

कारोबारमा आएको २९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको बढेको छ । ५ कम्पनीको स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो दिन २२९ स्क्रिप्टको ४७ लाख ११ हजार २५ कित्ता सेयर १ अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन शीर्ष स्थिानमा छ । कम्पनीको ७ करोड ६५ लाख ८९ हजार रुपैयाँको सेयर खरिदबिक्री भए । त्यस्तै अरुण पावर कम्पनीको ६ करोड ३० लाख ६ हजार, शिव्म सिमेन्टको ट करोड २५ लाख ३२ हजार, हिमालयन डिस्टिलरीको ५ करोड ९० लाख ८ हजार र अपर तामाकोशी हाइड्रोको ५ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आरबीबी म्यूचल फन्डको सेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रोको ३.२४ र सिटीजन माउन्टेनको ३.०३ प्रतिशतले बढेको हो ।

समूहगत उपसूचकहरु १२ वटा बट्दा म्यूचल फन्ड भने बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्