Shikhar Insurance

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुई लाख

सिंहदरबार संवाददाता
२०७९ असार २३, बिहीबार १९:४५
NIMB
Nabil Bank

काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई एक/एक लाख रुपैयाँ वितरण गरेको छ ।
पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ् तथा डिशहोमका क्षेत्रिय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थीतिमा वितरण गरिएको थियो ।

काठमाण्डौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमा एक/ एक लाख जित्न सफल भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले  एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्