Shikhar Insurance

ग्लोबल आईएमई क्यापिटलद्वारा हिमालयन हाइड्रोको आईपीओको प्रि–अलटमेन्ट सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १३:१३
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले हिमालयन हाइड्रोपावरको आईपीओको प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । कम्पनीले असार २८ मा बाँडफाँड गर्ने गरी हिमालयन हाइड्रोको प्रि अलटमेन्ट गरेको हो ।

असार १५ गतेदेखि निष्काशन गरेको कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनमा १० गुणा बढी आवेदन परेको थियो । सीडीएससीका अनुसार आईपीओमा १६ लाख २६ हजार ४ सय ३० आवेदकले १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आवेदन रकम निष्काशन हुने सेयर संख्याभन्दा १० गुणा बढी हो । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यस अघि आयोजना प्रभावितका लागि निष्काशित ९ लाख कित्ता मध्ये २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी सर्वसाधारणका लागि आवेदन खुलाएको थियो ।

निष्काशनको २ प्रतिशतले हुने ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुने ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो । बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिएका थिए ।

आईपीओ १ लाख ८३ हजार ४५ जनालाई १०–१० कित्ता र २ जनालाई ११–११ कित्ता पर्नेछ । जसअनुसार १४ लाख ४३ हजार जनाभन्दा आवेदकको हात खाली हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्