Shikhar Insurance

बाख्रा पालक किसानलाई अनुदान

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १४:२९
NIMB
Nabil Bank

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो ।

मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई ५ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको पशु विकास शाखाका भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत उपलब्ध भएको अनुदानको १४ लाख रकम किसानलाई खोर सुधार र च्यापकटर खरिदका लागि उपलब्ध गराएका छौँ”, उनले भने, “अनुदानमा उपलब्ध गराएको रकमजति नै किसानले रकम थपेका छन् ।”

बाख्रापालन व्यवसायलाई आधुनिक तरिकाले गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । अनुदान रकमसँगै बाख्रापालनमा संलग्न ३४ किसानलाई दुईदिने तालिमसमेत दिइएको छ । नगरपालिकाको कार्यपालिका बैठकबाट स्थान छनोट गरी गत वर्ष बाख्रापालनमा संलग्न २४ जना किसानलाई अनुदानमा ९६ बाख्रा र एक उन्नत जातको बोका वितरण गरिएको थियो ।

त्यसका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि १५ लाख रकम उपलब्ध गराइएको थियो ।

गत वर्ष नै बाख्रा वितरण गरिएका किसानलाई सघाउ पुर्याउन खोर सुधार र च्यापकरटमा अनुदान दिइएको अधिकृत भट्टले बताए । अनुदान रकम परिचालन गरिएका बाख्राको बीमासमेत गरिएको छ । नगरपालिकाको सिमलफाँटा गाउँ बाख्रापालनका लागि अग्रणी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्