Shikhar Insurance

शुक्रबार २ हजारको विन्दु तल बन्द भयो नेप्से

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १३:४३
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार शुक्रबारको दिन नेप्से दुई हजार विन्दु तल झरेर बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक ३४.७० अंक अथात् १.७१ प्रतिशतले घटेर १९ सय ९२.६२ को विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स पनि ५.६० अंक अर्थात १.४५ प्रतिशतले घटेर ३ सय ७९.८९ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो दिन २१७ स्क्रिप्टको ३० लाख ६३ हजार ४ सय ७६ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएका १४ कम्पननीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भए ।

ग्लोबल आइएमई  समुन्नतको सेयर सर्वाधिक २.८२ प्रतिशतले बढेको छ ।

समूहगत उपसूचकहरु सबै राताम्य भएका छन् । सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको ३.६२ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्