Shikhar Insurance

प्रभु क्यापिटलले ल्यायो मोबाइल एप, यी सेवा लिन सकिन्छ

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १८:५३
NIMB
Nabil Bank

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप सार्वजनिक गरेको छ । बिहिबारदेखि सार्वजनिक गरिएको प्रभु क्यापिटल डिजिटल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो शेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्ननेछन् ।

यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि यो एपमा रहेको छ । मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसि सम्पन्न गर्न सकिन्छ ।
यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्