Shikhar Insurance

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १३:११
NIMB
Nabil Bank

भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् ।

लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को तयारी गरिएको हो । यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रुपमा लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान बताउछन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेपछि लुम्बिनी घुम्न आउने पर्यटक लाभाम्वित हुने भएका हुन् । यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल सङ्घको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ ।

पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

संसारभर लुम्बिनीको माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले सीप सिकाइएको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्ने ज्ञवालीले जानकारी दिए । त्यसैका लागि काठमाडौं लगायत स्थानबाट दक्ष कालीगढ ल्याएर उपहार निर्माण गर्न सिकाइएको हो । यो सीपसँगै लुम्बिनीका स्थानीयवासीले पनि स्वारोजगार हुने अवसर प्राप्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्