Shikhar Insurance

फेरि तल्तिरै ओर्लँदै सेयर बजार, पहिलो कारोबारको दिन ७७ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक राताम्य भएको छ । सोमबार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९ सय १५.६१ को विन्दुमा बन्द भएको हो ।

त्यसैगरि ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १३.०३ अंकले घटेर ३ सय ६६.८६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबारमा आएको एउटामात्र कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ८८ ककम्पनीको घटेको छ र एउटाको सेयर मूल्य स्थिर रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २२७ स्क्रिप्टका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भए ।

त्यसैगरि एनआईसी एशिया बैंकको ८ करोड ७१ लाख ४५ हजार, अपर तामाकोशी हाईड्रोपावर कम्पनीको ८ करोड ४१ लाख २५ हजार, एशिएन लाईफ इन्स्योरेन्सको ८ करोड १७ लाख ३६ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन सानिमा डेबेन्चरको सेयर मूल्य २ प्रतिशतले बढेको छ । समूहगत उपसूचकहरु सबै घटेको छ । सबैभन्दा बढी व्यापार समूहको ५.७८ प्रतिशतले घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्