Shikhar Insurance

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो । आज छापावल सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावल सुन ९४ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि तेजावी सुन पनि पनि ८ सय रुपैयाँले घटेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार १ सय रुपेयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो । शुक्रबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो निद चाँदी ११ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदी मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्