Shikhar Insurance

बालुवाटारमा गभर्नर हटाउने उपायको खोजी, राजिनामा नदिए बर्खास्त गर्ने तयारी

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउबाले नेपाल राष्ट्र  बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन् ।

गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अन्यथा सरकारले बर्खास्त गर्ने आश्वासन देउवाले दिएका थिए । बैठकमा शिर्ष नेताहरुले गभर्नर अधिकारीको नेतृत्वमा अब राष्ट्र बैंक चल्न नसक्ने बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गभर्नर अधिकारीले प्रतिशोधका साथ सरकारलाई असहयोग गरेको, अर्थतन्त्र बारे गलत हल्ला फैलाएर नागरिकलाई आतंकित बनाएको बारे नेताहरुले कुरा उठाएका थिए ।

गभर्नर अधिकारीले निरन्तरता पाएमा सरकार थप बदनाम हुने पनि उनिहरुको धारणा थियो । साथै गभर्नरलाई हटाउने उपायबारे पनि कुरा चलेको श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्