Shikhar Insurance

‘नागरिकता प्राप्त गर्ने अधिकारबाट कोही पनि वञ्चित हुनुहुँदैन’, सांसद श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार १४:५६
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल जारी रह्यो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिए ।

पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताइन् । नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन उनिले सरकारको ध्यानाकर्षण गराइन् । सांसद जयकुमार राईले आमाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकार खोजी गरिरहँदा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्त गर्ने विषयलाई नागरिकको अधिकारका रुपमा लिइनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सांसद नारायणप्रसाद मरासिनीले गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले नागरिकता पाउने विधेयकको बाटो सकारात्मक भएको बताए । उनले सहजरुपमा नागरिकता प्राप्त गर्ने विषयमा सरकारले थप पहल गर्नुपर्ने आवश्यकता औँल्याए । सांसद शिवकुमार मण्डलले सरकारले विधेयक ल्याएसँगै नागरिकताबाट वञ्चित नागरिकलाई राहत मिलेको बताए । बिनाकारण नागरिकताबाट वञ्चित गराइएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिने विषयमा पनि सरकारले सोच्नुपर्ने उनका भनाइ थिए ।

नागरिकताजस्तो आधारभूत अधिकार प्राप्त गर्न नसकिएको अवस्थामा नागरिकमा सामाजिक र मनोवैज्ञानिक असर परेको छ भने । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि विधेयकमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै उनले विधेयकले लैङ्गिकरुपमा विभेद गरेको बताए । सांसद पूर्णकुमारी सुवेदीले गैरनागरिकलाई नागरिकता दिन नहुने र नेपाली नागरिक गैरनागरिक हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । “राज्यले नागरिकलाई नागरिकताको हकबाट वञ्चित गराउन हुँदैन”, उनिले भनिन् ।

सांसद सञ्जयकुमार गौतमले नागरिकता विधेयक ल्याएर सरकारले गैरनागरिक बनेका नागरिकलाई राहत दिएको बताए । सांसद सरलाकुमारी यादवले कुनै पनि नेपाली नगारिक देशविहीन बन्नु नपरोस् भन्ने उद्देश्यले वर्तमान सरकारले यसअघि दर्ता गरेको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेको बताइन् । सांसद प्रमिला राईले कुनै पनि नेपाली नागरिकले नागरिकता नपाएर भौतारिन नपरोस् भनी सरकारको ध्यानाकर्षण गराइन्। आमा वा बुबाको नामबाट सन्तानले नागरिकता पाउने प्रावधान संविधानमा उल्लेख भए पनि बुबाको पहिचानबिना नागरिकता नपाउने समस्या देखिएकाले नेपाली आमाले जन्माएको सन्तानले स्वतः नागरिकता पाउन सक्नेमा प्रष्ट पार्न आग्रह गरिन् ।

सांसद पवित्रा निरौला खरेलले नागरिकता विधेयक नआउँदा नेपालीका छोराछोरी शिक्षा, रोजगारीलगायत अधिकारबाट वञ्चित भएका छन् भनिन् । उनिले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय विधेयकमा राखिनु सकारात्मक भएको बताइन् । सांसद बिन्दा पाण्डेले यो विधेयक संविधान उल्लेखित नागरिकताको प्रावधानसँग मेल नखाएको तथा विधेयक समानताको हकविपरीत रहेको गुनासो गरिन् । उनिले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधानमा पारस्परिक समानताको प्रचलन र लैङ्गिक समानताको पक्षमा मुलुकको हितलाई शिरमा राखेर विधेयक पारित गर्न आग्रह गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्