Shikhar Insurance

राष्ट्र बैंकले १ वर्षमा बैंकहरुलाई दियो ९७ खर्ब रुपैयाँ बढी तरलता, आग्रहमै पाैने ९४ खर्ब

सिंहदरबार संवाददाता
२०७९ श्रावण २, सोमबार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगानी योग्य रकम (तरलता) व्यवस्थापनको लागि खर्बौ रुपैयाँ बजारमा पठाएको छ । विभिन्न मौद्रिक उपकरणमार्फत् राष्ट्र बैंकले बैंकहरुलाई १ वर्षभित्र ९७ खर्ब २ अर्ब ४० करोड रुपैयाँ तरलता उपलब्ध गराएको हो ।

गत आर्थिक वर्ष लागेसँगै बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको थियो। गत आवमै बैंकिङ प्रणालीबाट १ खर्ब १५ अर्ब रुपैयाँ बढी लगानी योग्य रकम घट्यो। यसरी प्रयाप्त तरलताको अभाव हुँदै गएपछि बैंकहरुले राष्ट्र बैंकसँग पैसा सापटी लिएर गर्जा टारेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांक अनुसार बैंकहरुले २०७९ असार ३१ गतेसम्म कुल ५ हजार ४ सय  १५ पटक यस्तो सापटी कारोबार गरेका हुन् । राष्ट्र बैंकले बजारमा प्रयाप्त तरलता हुँदा निश्चित ब्याजदर बैंकहरुबाट रिर्भस रिपो, ऋणपत्र र निक्षेप खरिदमार्फत् तरलता खिच्ने गर्छ । तर, यदी प्रणालीमै तरलता संकुचन भएमा बोलकबोल विधि वा बैंकहरुकै आग्रहमा रिपो, आउटराइट पर्चेज, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत् तरलता प्रवाह गर्छ । तरलता संकुचन हुँदै गएपछि राष्ट्र बैंकले बैंकहरुकै आग्रहमा नियमित उपलब्ध गराउने भन्दा सयौं गुणा बढी तरलता प्रवाह भएको तथ्यांकले देखाउँछ ।

२०७८ साउन १ गतेदेखि २०७८ असार ३१ गतेसम्म राष्ट्र बैंकले बजारबाट पैसा खिच्ने भन्दा बढी दिने काम गरेको छ । सो अवधिमा ९७ खर्ब रुपैयाँ बढी तरलता प्रवाह गर्दा ६० अर्ब रुपैयाँमात्र बैंकिङ प्रणालीबाट तरलता तानेको छ । जसमध्ये १ पटक रिर्भस रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ र २ पटक निक्षेप संकलन उपकरणबाट ३१ अर्ब ६५ अर्ब रुपैयाँ प्रणालीबाट तानेको हो । प्रणालीबाट लिइएको रकम समेत परिपक्क भएर फिर्ता पठाइसकेको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जानकारी दिएको छ ।

राष्ट्र बैंकले तरलता संकुचन हुँदै गएपछि बैंकहरुलाई गत साउनयता बोलकबोल विधिमार्फत् ३ खर्ब २५ अर्ब ९१ करोड रुपैयाँ तरलता उपलब्ध गराएको हो । जसमध्ये १३ पटक रिपोमार्फत् २ खर्ब ७० अर्ब रुपैयाँ र ३ पटक आउटराइट पर्चेजमार्फत् ५५ अर्ब ९१ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

यस्तै, बैंकहरुकै आग्रहमा दिइने तरलता सुविधाहरुमार्फत् मात्रै राष्ट्र बैंकले ९३ खर्ब ९२ अर्ब ७६ अर्ब ४९ करोड रुपैयाँ उपलब्ध गराएको छ । जसमध्ये ओभरनाइट रिपोमार्फत् २ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ र ९१ खर्ब ७९ करोड रुपैयाँ तरलता उपलब्ध गराएको थियो ।

सो अवधिमा बैंकहरुले एसएलएफ ४ हजार ९ सय ८ पटक र ओभर नाइट रिपो ४ सय ९१ पटक प्रयोग गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्