Shikhar Insurance

नक्कली नोट राष्ट्र बैंकको ढुकुटीमा राखिने, सक्कली पुरानाे झुत्रा नोट धुल्याएर ब्रिकेट बनाइने

सिंहदरबार संवाददाता
२०७९ श्रावण २, सोमबार १३:२५
NIMB
Nabil Bank

काठमाडौं । अब देखि जाली तथा नक्कली भनी जफत भएका नोटलाई राष्ट्र बैंकले ढुकुटीमा राख्नु पर्ने भएको छ ।  नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमवली, २०७८ जारी गर्दै सो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले  पुरानो तथा झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य वा जाली नक्कली ठहर भएका नोटलाई राष्ट्र बैंकले टुक्रा टुक्रा पारी धुल्याउने गरिरहेको छ ।राष्ट्र बैंकले यस अघिसम्म पुरानो तथा झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य ठहर भएका नोट जलाएर नष्ट गर्ने  प्रक्रियालाई ‘स्रेडिङ तथा ब्रिकेटिङ गर्न थालेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, जाली वा नक्कली भनी जफत भएका नोट भने अभिलेख राखी बैंकको ढुकुटी मै राख्नु पर्ने सो नियमावलीमा उल्लेख छ ।जारी नियमावलीअनुसार नोट स्रेडिङ गरि तयार ब्रिकेटलाई राष्ट्र बैंकले बिक्री गरेर आम्दानी समेत गर्न सक्नेछ ।

उक्त स्रेडिङ तथा  ब्रिकेटिङ प्रक्रियालाई व्यवस्थित गर्न केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमवली, २०७८ जारी गरेको हो । जारी नियमावलीअनुसार अबदेखि पुरानो तथा झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य ठहर भएका नोट वा अदालती कारबाहीको अन्तिम किनारा लागेको २ वर्ष पुगेको वा कारवाही नचालेको ३ वर्ष पूरा भएका नोटलाई राष्ट्र बैंकलले धुल्याउनु पर्ने छ ।

राष्ट्र बैंकले प्राप्त भएका धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नुपर्नेछ । लगत खडा गरिएका नोट ढुकटीबाट फर्नेश वा स्रेडिङ्ग तथा ब्रिकेटिङ्ग मेशिन रहेको स्थानसम्म लैजाँदा सुरक्षित तवरले लैजाने व्यवस्था मिलाउनुपर्नेछ ।

नोट गन्ती गर्ने, रुजु गर्ने तथा नोट धुलाउने मेशिन वा फर्नेश रहेको स्थानको पर्याप्तको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सिसिटिभी क्यामेराको अनिवार्य गर्नु पर्नेछ ।

त्यसैगरी,  ‘स्रेडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनाको लागि छुट्टयाइएका ५ सय र १ हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी धुल्याउनुपर्नेछ,’ नियमवालीमा उल्लेख छ ।

नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नुपर्नेछ ।

नोट धुल्याउनु अघि समितिको रोहबरमा ५ सय र १ हजार दरका नोटबाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्योकट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट गरी कम्तीमा ५ प्रतिशत बण्डल छुट्याई उक्त बण्डलमा रहेको प्याकेट तथा थानसमेत गन्ती गरी रुजु गरेपश्चात मात्र धुल्याउनुपर्नेछ ।

धुल्याउन छुट्याइएको नोटको पुनः गिन्ती गर्दा अपुग भएमा कर्मचारीबाट असुल उपर वा जाली भेटिएमा रुजु गर्ने कर्मचारीलाई जिम्मेवार बनाइने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्