Shikhar Insurance

नयाँ आर्थिक वर्षको दोस्रो दिन पनि उकालो लाग्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ श्रावण २, सोमबार १६:२६
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो अर्थात नयाँ आर्थिक वर्षको दोस्रो कारोबरको दिन नेप्से परिसूचक उकालो लागेको छ । गत साताको मंगलबार देखि निरन्तर उकालो लागेको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो ।

आज नेप्से परिसूचक १८.०३ अंकले बढेर २,०२९.४३ को विन्दुमा बन्द भयाे भने  ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.८२ अंकले बढेर ३८८.७६ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार हकप्रदक समायोजन भएको बरुण हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य २७रुपैयाँ १० पैसाले बढेर २९८ रुपैयाँ ६० पैसा पुगेको हो । त्यस्तै इमर्जिङ्ग नेपालको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ ।

आज दिनभरीमा २११ कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर १ अर्ब ३१ करोड २९ लाख ६२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेसँगै सो दिन कारोबार रकममा पनि सुधार आउको हो । अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ९ करोड ३४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख र अपि पावर कम्पनीको ५ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ । २७ कम्पनीको घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १३ वटा समूहगत उपसूचक मध्ये ११ वटा यपसूचक बढेको छ भने २ वटा घटेको छ । सो दिन होटल एण्ड टुरीजम समूहको सेयर मूल्य सर्वाधिक ४.९३ प्रतिशतले बढेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्