Shikhar Insurance

तोकिएकै समयमा सबै वाणिज्य बैंक सीडी ९०% तल, ४ बैंकले गरे लस्ट आवरमै चर्को कसरत

कुन बैंकको कति?
सिंहदरबार संवाददाता
२०७९ श्रावण ३, मंगलवार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न सबै वाणिज्य बैंकहरु सफल भएका छन् । सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले ९० प्रतिशत तोकिएको समयमा कायम गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरी २०७९ असार मसान्तसम्म कायम गर्न निर्देशन दिएको थियो । गत असार २७ गतेसम्म ४ वटा वाणिज्य बैंकको सीडी रेसियो सीमा माथि थियो । जसमा बैंक अफ काठमाण्डू ९३.११ प्रतिशत, सेञ्चुरी ९१.३१ प्रतिशत, प्राइम ९०.६२ प्रतिशत र एनसीसी बैंकको ९०.४७ प्रतिशत सीडी रेसियो कायम थियो । लास्ट आवरमा भएपनि यी बैंकहरुले नेट लिक्यूट एसेट (एनएलए) म्यानेटमेन्टमा कसरत गरी सीडी रेसियो व्यवस्थापन गर्न सफल भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८६.४१ प्रतिशत कायम थियो । सो अवधिमा वाणिज्य बैंकहरुको सीडी रेसियो ८९.७९ प्रतिशतदेखि ७८.३५ प्रतिशतसम्म कायम थियो ।

जसमध्ये १७ वटा वाणिज्य बैंकको ८५ प्रतिशतदेखि ९० प्रतिशतको बीचमा सीडी रेसियो कायम छ भने ९ वटा वाणिज्य बैंकको ८५ प्रतिशतभन्दा कम छ । सो अवधिमा सबैभन्दा बढी सीडी रेसियो नबिल बैंकको र सबैभन्दा कमक प्रभु बैंकले कायम गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्