Shikhar Insurance

एक वर्षमा अर्बाै बढ्यो बैंकको बिजनेश, निक्षेप/कर्जामै नबिल बैंक अब्बल

एनआइसी र आरबीबीको ‘नेगेटिभ ग्रोथ’
सिंहदरबार संवाददाता
२०७९ श्रावण ३, मंगलवार १९:४०
NIMB
Nabil Bank

काठमाडौं ।  बैंकहरुले एक वर्षमा अर्बौ रुपैयाँ बराबरको व्यवसाय विस्तार गरेका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ८.०९ प्रतिशतले निक्षेप र १२.२० प्रतिशतले कर्जामा वृद्धि गरेका हुन् ।

अघिल्लो आव २०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ निक्षेप थप संकलन गर्दा ४ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको छता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एक वर्षकोे अवधिमा संकलित निक्षेप र प्रवाहित कर्जाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सो अवधिमा निक्षेप र कर्जातर्फ नै नबिल बैंक पहिलो भएको छ । एक वर्षको अवधिमा नबिलले निक्षेपमा ४४.४५ प्रतिशत र कर्जामा ५०.२८ प्रतिशतको वृद्धि गरेको हो ।

साथै, कर्जा र निक्षेपकै ग्रोथको दोस्रो नम्बर सूचीमा एनसीसी बैंक रहेको छ भने निक्षेपतर्फको तेस्रो स्थानमा सानिमा बैंक र कर्जातर्फ नेपाल बैंक रहेको छ ।
यस्तै, सो अवधिमा २ वटा बैंकको निक्षेपको ग्रोथ नकारात्मक छ । अघिल्लो आवको तुलनामा गत आवमा एनआइसी एशिया बैंकको .७६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको २.८२ प्रतिशतले निक्षेप घटेको हो ।

यसैगरी अघिल्लो आवको तुलनामा गत आवमा ५ वटा वाणिज्य वाणिज्य बैंकको निक्षेपको वृद्धि २० प्रतिशतमाथि, ६ वटाको १० देखि २० प्रतिशतसम्म र १३ वटा वाणिज्य बैंकको निक्षेपको ग्रोथ १ प्रतिशमाथि १० प्रतिशतसम्म छ । साथै, सो अवधिमा ५ वटा वाणिज्य बैंकको कर्जाको ग्रोथ २० प्रतिशतमाथि, १२ वटा वाणिज्य बैंकको १० प्रतिशतदेखि २० प्रतिशतसम्म र ९ वटाको ०.५८ प्रतिशतदेखि १० प्रतिशतबीचमा रहेको छ ।

एक वर्षमा कुन बैंकको कस्तो व्यवसायिक प्रगति

कृषि विकास बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा २.३० प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ६६ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १७.८२ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ७८ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ६.४१ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ११ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ७.९१ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

सेञ्चुरी कर्मसियल बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ४.५४ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब १ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १२.३८ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म ९१ अर्ब ४७ करोड रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ८.४९ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५५ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ९.८१ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ३५ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ ।

सिभिल बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ६.३१ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म ९६ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ४.९९ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म ८७ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ ।

एभरेष्ट बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ७.८१ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ७३ अर्ब ४० रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १४.५२ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५४ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १.१४ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म २ खर्ब ८६ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १२.२५ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म २ खर्ब ७२ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १४.८० प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ७१ अर्ब ४७ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १७.७६ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १६.४० प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८२ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १०.९० प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १९.७३ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा २२.०२ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ३२ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

माछापुच्छ्रे बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १०.८४ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ४८ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ११.४७ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ७.७२ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५६ अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ६.३२ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५० अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ४४.५६ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ५०.२८ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म ३ खर्ब ९ अर्ब ०६ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा २०.५२ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ९७ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा २४.७५ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८० अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा २७.७२ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा २७.०४ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ५.७७ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८६ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ०.५८ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।

एनआइसी एशिया बैंकः बैंकको अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १.७६ प्रतिशतले घटेर गत आवको असार मसान्तसम्म २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँमा सिमित भएको छ साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १.२८ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म २ खर्ब ६८ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ ।

एनएमबि बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ११.९९ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८६ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १५.२२ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८२ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबिआई बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा १२.६५ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब १९ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ८.९७ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब १० अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ७.३१ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८२ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ५.७३ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ ।

प्राइम कर्मर्सियल बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ३.५२ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा ८.३७ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५४ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः बैंकको अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा २.८२ प्रतिशतले घटेर गत आवको असार मसान्तसम्म २ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँमा सिमित भएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १४.४६ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म २ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा २१.३९ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १४.७९ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ६.०९ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १२.३२ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब ८६ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा ५.९९ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा २४.३४ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म ८९ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंकः बैंकले अघिल्लो आवको असार मसान्तसम्म संकलन गरेको निक्षेपमा २२.२७ प्रतिशतले थप गरी गत आवको असार मसान्तसम्म १ खर्ब ३४ अबए ७९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले अघिल्लो आवमा प्रवाहित कर्जामा १९.७३ प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्