Shikhar Insurance

जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । जर्नादन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले छानबिनका लागि गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । शर्माबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन भएकाे थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्