Shikhar Insurance

बाँकेको कोहलपुरमा अजोड इन्स्योरेन्सको कृषि अभिकर्ता तालिम

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १९:४६
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बाँकेको कोहलपुरमा कृषि तथा पशुपन्छी अभिकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिको स्वीकृति अनुसार कम्पनीले साउन १४ देखि १६ गतेसम्म तीन दिने तालिम दिएको हो ।

तालिम कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । तालिममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो । अजोड इन्स्योरेन्सको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदको पहलमा तालिम आयोजना गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको छ । कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्