Shikhar Insurance

मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११.१६ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार ०९:३३
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा मेगा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २१.७८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएकोे थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट बैंकले लगानीकर्ता ११.१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ५३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ५ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशतले घटेर ०.७४ प्रतिशत पुगेको छ । साथै, बेसरेट १०.०१ प्रतिशत, सीडी रेसियो ८९.०५ प्रतिशत र स्प्रेडरेट ४.३६ प्रतिशत कायम छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा र प्रतिसेयरनेटवर्थ १ सय ४२ रुपैयाँ ५२ पैसा छ ।

मेगा बैंकले असार २७ गते नेपाल इन्भेष्टमेन्ट बैंकसँग ९० को स्वाप रेसियोमा मर्जरमा जाने गरि एमओयुमा हस्ताक्षर गरिसकेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका नामबाट एकिकृत कारोबार सञ्चालन हुनेछ । मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छिन् । अन्य कर्मचारीहरुको भने समान हैसियत कायम रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्