Shikhar Insurance

सेञ्चुरी बैंकको नाफा ११७ प्रतिशतले बढ्यो, यस्ता छन् अरु सूचक

सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार १०:०७
NIMB
Nabil Bank

काठमाडौं । सेञ्चुरी बैंकको नाफा ११७.७४ प्रतिशतले बढेको छ । बैंकले २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा आफ्नो नाफामा ६२ करोडबाट बढाएर एक अर्ब ३५ करोड रुपैयाँ पुर्याएको हो ।

बैंकको प्रति सेयर अम्दानी(इपीएस) ६.९७ रुपैयाबाट बढेर १४.२१ रुपैयाँ पुगेको छ । ९ अर्ब ५५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७२ करोड रुपैयाँ छ । बैंकले गत आवमा ९१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट लगानीकर्तालाई ९.५२ प्रतिशत लाभांश दिन सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेञ्चुरीले गत आवमा ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको स्प्रेड दर ४.०३ प्रतिशत कायम रहेको छ । बैंकको पीई रेसियो १२.८८ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १२७.६४ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्