Shikhar Insurance

अभियान लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साउन १८ गते देखि निष्काशन तथा बिक्री खुल्ल गरेको आईपीओको आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले अंकित मूल्य रु १०० रुपैयाँको दरले कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा शुक्रबार अर्थात साउन २० गते सम्म १४ लाख ३० हजार ४ सय ६ जनाको आवेदन परिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयरमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा ३ हजार कित्ता सम्म आवेदन दिन सक्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले १२ हजार ५ सय कित्ता कर्मचारीका लागि, ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ता सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्