Shikhar Insurance

५ सय रुपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार ११:४४
NIMB
Nabil Bank

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबारको दिन छापावल सुन प्रतितोला ५ सय रुपयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावल सुन ९६ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि तेजावी सुन पनि ५ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँम कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको जनाएको छ । सो दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी १२ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्