Shikhar Insurance

एशियन लाईफ इन्स्योरेन्सले १५.२६ लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७.०७८ को संचित मुनाफाबाट १५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले सेयरधनीलाई १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक बीमा समिति र आउँदो वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनर सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्