Shikhar Insurance

प्रिओपन सेसनमा नेप्से ४.३६ अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार ११:०८
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ४.३६ अंकले बढेर २,१२८.१८ को विन्दुमा पुगेको छ ।

त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.३६ अंकले बढेर ४१०.९१ को विन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार प्रिओपन सेसनमा २० कम्पनीको ७ सय ८४ कित्ता सेयर ४ लाख २४ हजारु रुपैयाँमा खरिदबिक्री भए । सो दिन प्रिओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ । भने २ कम्पनीको घटेको छ ।

प्रिओपन सेसनमा ५ कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ । एभरेष्ट बैंक, गुह्यश्वरी मर्च्यन्ट बैंक, मल्टीप्रपोस फाइनान्स, सूर्योदय लघुवित्त र फर्वाड लघुवित्तको सेयर मूल्य २/२ प्रतिशतले बढेको हो । नेपाल बैंकको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा साहाश उर्जा शीर्ष स्थानमा छ । कम्पनीको २ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सो सेसनमा ७ वटा समूहगत उपसूचक बढेको छ । भने बाँकी ६ वटा स्थिर छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्