Shikhar Insurance

सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बिहान बाँडफाँड

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार बिहान बाँडफाँड हुने भएको छ । कम्पनीले साउन १३ गते देखि १७ गते सम्म सार्वसाधारणको लागि निष्काशन गरेको आइपीओ भोलि (मंगलबार) बाँडफाँड गर्ने लागेको हो ।

कम्पनीको आइपीओमा १५ लाख २३ हजार ७ सय ३ जनाले आवेदनबाट १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको हो । कम्पनीको आइपीओमा सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख ७० हजार ५ सय ८६ कित्ता सेयरको २५.७२ गुणा बढी आवेदन परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोषलाई, १४ हजार ४ सय २१ कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाको दरले कुल ६ लाख कित्ता सेयर मध्ये आयोजना प्रभावित क्षेत्रको लागि आइपीओ निष्काशन गरि बाँकी रहेको सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले आइपीओ बाँडफाँड गोलाप्रथाबाट गरिनेछ । कम्पनीको आइपीओ न्यूनतम १० कित्ताको दरले आवेदन दिने मध्ये ७६ हजार ५८ जना आवेदकलाई मात्र वितरण गरिनेछ । बाँकी १५ लाख आवेदकको खात खालि हुने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्