Shikhar Insurance

दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंक ले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.६७ अंकले घटेर २,१०६.१६ को विन्दुमा बन्द भएको हो ।

त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.४१ अंकले घटेर ४०६.१४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्चेन्सका अनुसार सोमबार दिनभरिमा २१४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएको ५० कम्पनीको सेयर मूल्य बढेको छ । १२३ कम्पनीको घटेको छ । भने, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सो दिन दुई कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको हो । हिमालयन हाइड्रोपावर कम्पनीको सेयर कारोबार नेप्सेमा आज पहिलो कारोबार हो । कम्पनीको सेयर ओपनिङ रेञ्ज २२८ रुपैयाँमा भएको हो । भने, कम्पनीको सेयर १० प्रतिशतले बढेर २५० रुपैयाँ ८० पैसा पुगेको छ । सोमबारको कारोबारमा जानकी फाइनान्स कम्पनीको सेयर धनीहरुले सबैभन्दा धेरै ४.३१ प्रतिशतले गुमाएको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ७१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यस्तै नबील बैंकको १० करोड ८५ लाख ४३ हजार, सिटिजन इन्भेष्टमेण्टको ८ करोड २१ लाख २ड हजार, नेश्नल हाइड्रोपावर कम्पनीको ७ करोड ६५ लाख ९१ हजार र हिमालयन डिस्टिलरीको ७ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

समूहगत उपसूचकहरु ११ वटा घटेका छन् । भने, २ वटा उपसूचक बढेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्