Shikhar Insurance

गोरखाका कमल इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनाका बम्पर उपहार विजेता

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले “रेमिटोत्सव“ सम्पन्न गरेको छ । कम्पनीले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको हो ।

यो योजना बैशाख १, २०७९ बाट प्रारम्भ भएर श्रावण ४, सम्म चलेको हो । यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधि लाई निरुत्साहित गर्दै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रर्वद्धृन गरेको थियो । “बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ“ भन्ने मूल नाराका साथ योजना सम्पन्न गरेको छ । यस अफरमा, १४ हप्ता सम्म संसारका २ सय भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार रुपैयाँ व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् । उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना – रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा हामि खुशी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।

इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राही मैत्री –डिजिटल रेमिट्यान्समा आइफोन जित्ने चान्स अफर लिएर आइसकेको छ । विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन । नेपालमा प्राप्त गर्ने व्यक्तिले १०० बोनस पाउनेछन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहील २ सयको बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाख भन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्