Shikhar Insurance

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो चाँदी भने घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बुधबार छापावल सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९६ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै तेजावी सुन पनि २ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ६ स्य रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेको जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थिायो ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्