Shikhar Insurance

नयाँलाई पन्छाउँदै पुरानालाई टक्कर, ५०% व्यवसाय विस्तार, ६० % ले बढ्यो जीवन बीमा कोष

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १०:१५
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफको प्रिमियम ५०.४२ प्रतिशतले बढेको छ । २०७७ साउनदेखि २०७८ असार मसान्त अवधीमा ३ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले २०७८ साउन १ देखि २०७९ असार मसान्तसम्ममा ५ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । एक वर्षकै अवधीमा कम्पनीले आफ्नो व्यवसाय ५०.४२ प्रतिशत अर्थात एक अर्ब ७८ करोड रुपैयाँले वृद्धि गर्न सफल भएको हो ।

जीवन बीमा कम्पनीहरुको मूल्यांकनमा आधारभूत पक्ष मानिने जीवन बीमा कोषको आकार पनि २ अर्ब २० करोड अर्थात ६०.९४ प्रतिशतले वृद्धि भएको छ । २०७८ असार मसान्तमा ३ अर्ब ६१ करोड रुपैयाँको जीवन बीमा कोष रहेको कम्पनीले २०७९ असार मसान्त आईपुग्दा त्यसलाई बढाएर ५ अर्ब ८१ करोड पुर्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८७ करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षमा अभिकर्ताहरुलाई ८२ करोड रुपैयाँ कमिसन वापत भुक्तानी गरेको देखिन्छ । सिटिजन लाइफले हालसम्म २ लाख ३५ हजार ८ सय २५ वटा बीमा पोलिसी जारी गरेको देखिन्छ ।कम्पनीले २ हजार ८ सय वटा दावी वापत एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी दावी भुक्तानी गरेको छ ।

कम्पनीले प्रिमियममा आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ । नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक आक्रामक व्यवसाय विस्तार गरिरहेको कम्पनीले पुराना कम्पनीहरुलाई समेत अधिकांश सूचांकहरुमा उछिनिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्