Shikhar Insurance

गुराँस लाईफका सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लाइफले ७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ७.४४ प्रतिशत बोनश र ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख रुपैयाँमा ७.४४ प्रतिशत अर्थात् १५ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको बोनश सेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ०.३९ प्रतिशत अर्थात् ८१ लाख ६४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको संचालक समितिद्वारा घोषित सो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरी वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्