Shikhar Insurance

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार ११:०८
NIMB
Nabil Bank

 

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । भदौ महिनाको दोस्रो कारोबारको दिन सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार छापावल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ । बिहीबार तेजावी सुन ९५ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९५ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो दिन चाँदी १२ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजारमूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्