Shikhar Insurance

शुक्रबार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १३:१५
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । तिज नजिकिदै गर्दा सुनको मूल्य बढ्ने गरेकोमा अहिले भने घट्ने क्रम निरन्तरता पाएको हो ।

शुक्रबार छापावल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९५ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९५ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ११ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्