Shikhar Insurance

ओरियन्टल, नेशनल र मेट लाइफले टेरेनन् बीमा समितिलाई, चुक्ता पुँजी नथप्ने अडान

सिंहदरबार संवाददाता
२०७९ भाद्र ४, शनिबार १०:५०
NIMB
Nabil Bank

काठमाडौं । मेट लाइफ, ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई नटेर्ने अडान कसेका छन् । बीमा समितिले आगामी २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरिदिएको छ । समितिले चुक्ता पुँजी पुर्याउन अधिकतम २५ प्रतिशतसम्म मात्रै हकप्रद सेयर निष्काशनका लागि अनुमति दिने भन्दै आएको छ । समितिले मर्जरमा जोड दिँदै आएको छ ।

तर नेपालमा शाखा कार्यालय मार्फत सेवा दिँदै आएका तीन विदेशी कम्पनीले भने चुक्ता पुँजी कायम गर्न नसक्ने जवाफ पठाएका हुन् । ‘तीन वटै कम्पनीले पत्र लेखेर बीमा समितिले तोकेको चुक्ता पुँजी कायम गर्न सक्दैनौं भनेका छन्’, बीमा समितिले स्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम गर्दा यी कम्पनीहरुले चुक्ता पुँजी थपेका थिए । नेपालमा शाखा कार्यालय मार्फत सेवा दिने यी कम्पनीहरुका लागि समितिले ‘असाइन्ड क्यापिटल’को व्यवस्था गरिदिएको थियो । यसपाली भने यी तिन वटै कम्पनीहरुले असान्ड क्यापिटल समेत नराख्ने अडान राखेका हुन् ।

नेशलन इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स भारतीय कम्पनी हुन् भने मेट लाइफ अमेरिकी कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्