Shikhar Insurance

निरन्तर एक सातासम्म सस्तिएको सुनको मूल्य आज भने स्थिर

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १२:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । गत साताको आईतबार अर्थात साउन २९ गते देखि एक सातासम्म निरन्तर रुपमा घटेको सुनको मूल्य आज (भदौ ५ गते) भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम रहेको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि स्थिर रहेको जनाएको छ । तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार सुनका मूल्य बढेको छ भने, चाँदीको मूल्य घटेको जनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्