Shikhar Insurance

सिरहाको धनगढीमाईमा नेकोको कृषि अभियानः किसानलाई उत्पादन, प्रशोधनसँगै बीमामा जोड्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सिरहाको धनगढीमाई नगरपालिकामा कृषि खेति सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाका मेयर शिव शंकर महतो र उप मेयर संगीता कुमारी चौधरीको सहभागीतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सो क्षेत्रका चार सय भन्दा बढी किसानहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी किसानहरुलाई आधुनिक कृषिबारे विज्ञहरुले प्रवचन दिएका थिए । नगरपालिकाका मेयर महतोले पनि किसानहरुको स-सानो लगानीलाई जोखिम मुक्त बनाउन बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले नेको इन्स्योरेन्सले अघि सारेको कृषि बीमा अभियानमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

नेको इन्स्योरेन्सका सिईओ अशोक कुमार खड्काले ‘नेकोको अभियान कृषिमा योगदान’  कार्यक्रमअन्तर्गत देशभरका किसानहरुसँग अन्तरक्रिया कार्यक्रममा जुटिरहेको बताए । उनले साउन १ गतेदेखि अभियान थालिएको र स्थानीय तहहरुसँगको समन्वयमा गाउँ गाउँमा किसान जागरण गराउँदै बीमा चेतना बढाउने  जानकारी दिए । धनगढीमाई नगरपालिकामा ड्रयागन फ्रुट र घ्यु कुमारी खेतिको व्यवसायीक सम्भावनाबारे किसानहरुलाई जानकारी दिने तथा उनीहरुको प्रतिक्रिया लिने काम गरिएको पनि उनले बताए । ‘हामीले ड्रयागन फ्रुट र घ्यु कुमारीको उत्पादन र प्रशोधन बारे जानकारी दियौं । साथै त्यसलाई बीमामा कसरी जोड्न सकिन्छ भन्नेबारे पनि सुनायौं’, सिईओ खड्काले भने ।

उनले निकट भविष्यमै धनुषा र सप्तरीमा पुगेर किसान र बीमाबारे अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्