Shikhar Insurance

२ सय रुपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको दास्रो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज भने २ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन तेजावी सुन ९५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले आन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मुल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्