Shikhar Insurance

महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार १८:३७
NIMB
Nabil Bank

कञ्चनपुर । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुम उद्घाटन कार्यक्रममा डिशहोमका तर्फवाट रिजनल सेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साउन २६ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्