Shikhar Insurance

लघु बीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार २०:४७
NIMB
Nabil Bank

काठमाडौं । लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुलेको छ । बीमा समितिले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुलेको हो । बीमा समितिले तोकेको चुक्ता पुँजीमा जीवन र निर्जीवन लघु बीमा कम्पनीलाई लाइसेन्स दिन बाटो खुलेको छ ।

बीमा समितिले सार्वजनिक सूचना प्रकाशित गरेको अवधीभित्र आवेदन दिएका कम्पनीहरुमध्ये उत्कृष्ठ ठहरिएका कम्पनीहरुले लाइसेन्स पाउनेछन् । समितिले केहि दिनभित्रै सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले जीवन र निर्जीवन गरि सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको स्रोत बताउँछ । प्रत्येक प्रदेशमा एउटा कम्पनी हुने गरि लाइसेन्स वितरण गर्न लागिएको हो । लघु बीमा कम्पनीलाई बीमा व्यवसायका लागि अधिकतम सिमा तोकिनेछ । त्यसरी तोकिएको सिमा भित्रका बीमा व्यवसायबाटै कम्पनीहरु सञ्चालन हुनुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्