Shikhar Insurance

सुनचाँदीकै मूल्य गिरावट

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १२:०१
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्यमा गिरावट आएको छ । तिज नजिकीदै गर्दा सुनचाँदीको मूल्य बढ्ने भएपनि हाल भने निरन्तर गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ । मंगलबार छापावल सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन ९५ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्