Shikhar Insurance

नेपाल पुनर्बीमाको साधारणसभा भदौ ३० गते, ५.२६% लाभांश वितरणको लागि बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको ४१५औं सञ्चालक समितिको बैंठकले आव ०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता चुँजी ११ अर्ब ६५ करोड रुपैयाँ कायम छ ।

कम्पनीद्वारा घोषित सो लाभांश बीमा समितिद्वारा स्वीकति भएपछि कम्पनीको भदौ ३० गते सम्पन्न हुने ७औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले आफ्नो ७औं साधारणसभा काठमाडौं बबरमहल स्थित कार्की ब्याङकेटमा बिहान ११ बजे बोलाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जसका लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । भदौ १८ गतेसम्म कारोबार भई सेयर नामसारी भएका लगानीकर्ताले मात्रै घोषित लाभांश पाउने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्