Shikhar Insurance

अक्टोबर १६ देखि चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन, नेतृत्वमा सि जिन पिङ

सिंहदरबार संवाददाता
२०७९ भाद्र १६, बिहीबार ०७:५६
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औं महाधिवेशन आगामी १६ अक्टोबरदेखि हुने भएको छ । पार्टीको पोलिटब्युरो बैठकमा महाधिवेशन राजधानी बेइजिङमा गर्न प्रस्ताव गरिएको हो ।

सीपीसीका महासचिव सी जिन पिङको अध्यक्षतामा बसेको राजनीतिक ब्यूरोको बैठकले पार्टीको १९औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक ९ अक्टोबरदेखि र २०औं महाधिवेशन १६ अक्टोबरदेखि राजधानी बेइजिङमा आयोजना गर्ने प्रस्ताव गरेको हो ।
महाधिवेशनले आगामी पाँच वर्षका लागि सिपीसीको नयाँ नेतृत्व चयन गर्नेछ । सिपीसीले महासचिव तथा राष्ट्रपति सि जिनपिङलाई नै नेतृत्वमा निरन्तरता दिनेछ ।
पिङले आगामी पाँच वर्षमा चिनियाँ विकासलाई कायापलट गर्ने बताउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्