Shikhar Insurance

एलआइसी नेपाल स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश, ‘एलआइसी दावी भुक्तानी वर्ष’ घोषणा

सिंहदरबार संवाददाता
२०७९ भाद्र १६, बिहीबार १३:०१
NIMB
Nabil Bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपालले २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो ।

कम्पनीले नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ । कम्पनीले दावी भुक्तानीमा तदारुकता देखाई छिटो दावी भुक्तानी होस् भन्ने हेतुले यस वर्ष एलआइसी दावी भुक्तानी वर्ष घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका अध्यक्ष भोजराज शर्मालाई दोसल्ला ओडाई सम्मानगरिएको थियो। त्यसै गरी प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्कालाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक एलपी दासले वर्तमान विषम परिस्थितिको वावजुद पनि कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको छ प्रष्ट पारेका थिए ।

उनले कम्पनीलाई सफलताको उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा धन्यवाद व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्