Shikhar Insurance

राष्ट्र बैंकमा जागिर खुल्यो, ४३ जनालाई अवसर

सिंहदरबार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सुचनामार्फत् केन्द्रीय बैंकले प्रशासन र प्राविधिक सेवातर्फ ४३ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

जसमा प्रशासनतर्फ सहायक निर्देशक अधिकृत तृतीय १८ जना र सहायक द्धितीय २४ जना, प्राविधिकतर्फ सु.प्र. सहायक निर्देशक अधिकृत तृतीय १ जना गरी ४३ जना कर्मचारी माग गरिएको छ । उल्लेखित पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उर्तीण गरेको हुनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

तोकिएको योग्यता पुगेका इच्छुकले भदौ १७ गतेदेखि असोज ६ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म आवेदन दिन सकिने समेत व्यवस्था गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्