Shikhar Insurance

अक्सिजन बिनै मनास्लु हिमाल चढ्न लागेकी आरोही पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफको सहकार्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार १२:३०
NIMB
Nabil Bank

काठमाडौं । अक्सिजन बिनै मनास्लु हिमाल चढ्न लागेकी आरोही पूर्णिमा श्रेष्ठसँग नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गरेको छ । कम्पनीले आरोही श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठले सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । चर्चित हिमाल आरोही पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै छिन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । आरोही श्रेष्ठले पनि आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित र हौसला मिलेकोे बताइन् । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्