Shikhar Insurance

बीमा कम्पनीका कर्मचारीलाई धाक, धम्की र अभद्र व्यवहार गर्दै समितिका निरिक्षण टोली

अनुचित लाभमा केन्द्रित!
सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकायका कर्मचारीहरुले नियमनमा रहेका कम्पनीलाई धाक धम्की दिँदै उनीहरुसँग अनुुचित लाभ दिने गरेको विषय बाहिर आएको छ । स्थलगत निरिक्षण गर्ने समितिका टोलीले बीमा कम्पनीहरुको कर्मचारीहरुलाई अर्मयादित र अनुसासनहिन तथा धाक धम्किपुर्ण र अनुचित लाभमा केन्द्रित रहने गुनासो समितिमा आएको हो ।

समितिले भदौ १४ गते जीवन, निर्जीवन र पुर्नबीमा कम्पनीहरुलाई पत्र पठाउँदै उल्लेखित व्यवहार गर्ने समितिका कर्मचारी तथा निरिक्षण टोली विरुद्ध सोझै समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई गुनासो गर्न आग्रह गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पत्रमा भनिएको छ ‘समितिद्वारा प्रवाह हुने समितिद्वारा प्रवाह गरिने विविध सेवाहरुमा संलग्न समितिका कर्मचारीहरु तथा कम्पनीको स्थलगत निरिक्षणमा खटिने कर्मचारीहरुको व्यवहार अमर्यादित र अनुशासनहिन तथा धाक धम्कीपुर्ण र अनुचित रहने गरेको गुनासो प्राप्त हुने गरेको छ ।’

बीमकले समितिबाट प्राप्त गर्ने सेवामा संलग्न तथा स्थलगत निरीक्षणमा खटिने कर्मचारीहरुको आचरण तथा व्यवहार अर्मयादित र अनुशासनहिन तथा धाक धम्किपुर्ण र अनुचित लाभमा केन्द्रित भइ सेवा प्रवाहमा ढिलाइ र गैर व्यवसायिक रहेको छ भने समितिका अध्यक्षलाई सम्बोेधन गरी गोप्य रुपमा सूचना उपलब्ध गराउन समितिले आग्रह गरेको छ ।

समितिले वार्षिक कार्य योजना बनाएर सोही अनुसारको स्थलगत निरिक्षण गर्ने गरेको छ । गत वर्षको वार्षिक कार्ययोजना अनुसार समितिले ४० वटै बीमा कम्पनीहरुमा स्थलगत निरिक्षण गरिसकेको छ । समितिबाट हाल स्थलगत निरिक्षण टोलीमा ४ जना चार्टर्ड एकाउण्टेन (सीए) र ३ जना सहायक निर्देशकहरु छन् । जसमा सीएहरुः सन्तोष कार्की, ज्योति प्रकाश पाण्डे, मिलन सिक्देल र देबेन्द्र धिताल हुन् । निरिक्षण टोलीमा रहेका सहायक निर्देशकहरुमा बिनोद पोखरेल, सुन्दर प्रसाद शर्मा र पुर्ण बहादुर थापा रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्