Shikhar Insurance

अनधिकृत संरचना भत्काउन महानगरकाे टाेली असनमा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १४:११
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले असनमा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन सुरु गरेको छ । महानगरले आज (मंगलबार)देखि असनमा अनाधिकृत संरचना हटाउन थालेको हो । असन क्षेत्रमा सडकलाई अवरोध पुग्ने गरी बनाइएका पसलहरुसमेत महानगरले हटाएको छ । महानगरले असन क्षेत्रलाई पैदलयात्रु मैत्री असन बनाउनका लागि यो अभियान चलाएको हो ।

अहिले महानगर प्रहरी असन क्षेत्रमा पुगेर त्यस  क्षेत्रमा नियम विपरीत बनाइएको संरचना र पसललाई हटाइरहेको छ । महानगरका प्रहरीहरूले  फुटपाथ मिचेर सञ्चालन गरिएका पसलका सामग्रीहरु नियन्त्रणमा लिएर लगेको छ । अनसन क्षेत्रका व्यवसायीहरूले भने महानगरकाे एस कदमको विरोध गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्