Shikhar Insurance

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार २१:२७
NIMB
Nabil Bank

काठमाडौं । घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालिले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई निशुल्क स्वासथय परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ । पछिल्ला दिनमा राजधानी लगायत देशभर डेङ्गु संक्रमित तिब्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तोे सेवाको सुरुवात गरेको हो ।

कम्पनीले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्