Shikhar Insurance

पूर्वाधारमा लगानी गर्न बैंकहरुले ५ खर्बको बण्ड जारी गर्न सक्छन्ः डेपुटी गभर्नर मिश्र

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १३:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पूर्वाधारमा लगानी गर्न बैंकहरुले ५ खर्ब बढीको बण्ड जारी गर्न सक्ने बताएका छन् । राजधानीमा जारी इन्फ्रास्ट्रक्चर समिटिमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालका बैंकहरुले पूर्वाधारमा लगानी गर्न ५ खर्ब ८ अर्बको बण्ड जारी गर्न सक्ने ठाउँ रहेको पनि बताए ।

नेपालका बैंक तथा वित्तिय संस्थाहरुले हालसम्म एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको बण्ड जारि गरिसकेको जानकारी दिँदै उनले राष्ट्र बैंकहरुले बण्ड जारी गरेर प्राप्त रकममा लगानीका लागि सहजता थपिदिएको पनि सुनाए ।
उनले बैंकहरुको लगानी क्षमता बढाउन र लगानीका लागि नयाँ नयाँ क्षेत्र खोज्न सकुन भनेर नै मर्जर तथा एक्विजिशनका लागि प्रेरित गरेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘साना बैंकहरुले ठूला परियोजनामा लगानी गर्न सक्दैनन्, लगानीका नयाँ नयाँ क्षेत्र खोज्न अनुसन्धानमा पनि धेरै खर्च गर्न सक्दैनन्, त्यसैले हामीले बैंकहरुको लगानी क्षमता र नयाँ क्षेत्र पनि खोज्न सकुन भनेर मर्जर तथा एक्विजिशनको वातावरण बनाएका हौं’, डेपुटी गभर्नर मिश्रले भने ।

अहिले एउटा बैंकले एक अर्बको परियोजनामा लगानी गर्नु पर्दा पनि कन्र्साेडियम खोज्नुपर्ने बाध्यता रहेको पनि मिश्रले सुनाए । उनले नेपालमा जलविद्युतको व्यापक सम्भावना रहेको बताउँदै झण्डै २ हजार मेगावाटका परियोजनाहरुको पीपीए(विद्युत खरिद बिक्रि सम्झौता) खुलेपछि थप लगानी आवश्यक पर्ने पनि बताए । त्यसका लागि बैंकहरुले ३ खर्ब ५० अर्ब रुपैयाँ लगानी गर्न तयार रहनुपर्ने र नयाँ स्रोतको जोहो गर्नु आवश्यक रहेकोमा जोड दिए ।

उनले लगानीका लागि आवश्यक पर्ने स्रोतहरुको व्यवस्थापनका लागि बैंकहरुलाई विदेशी मुद्रामा ऋण ल्याउन दिईएको बताउँदै पैसालाई सजिलै पस्न र बस्न दिनुपर्ने नीति अख्तियार गरिएको जानकारी दिए । अब हेजिङ नियमावलीले पनि लगानीका लागि थप सहजता थप्ने उनको दावी थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्