Shikhar Insurance

बैंकको व्याजदर बढ्ने त्रासले सेयर बजारमा नकारात्मक प्रभाव

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १५:३५
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार बैंकको व्याजदर असोज महिनादेखि बढ्ने सुचना आएसँगै सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ४७.४४ अंकले बढेर हरियाली छाएको नेप्से यस दिन राताम्य भएको छ ।

बिहीबार नेप्से परिसूचक ५७ अंकले ओरालो लगेर १,९२४.४८ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको ।सेयर मापक सेनसेटिभ इण्डेक्स पनि ११.२३ अंकले घटर ३७४.१३ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २३२ कम्पनीको २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भए । नेप्से परिसूचकमा भरी गिरावट आएपनि यस दिन कारोबार रकम भने उल्लेख्य बढेको छ ।

बैंकले ६ महिनादेखिको ब्याजदर स्थिर राख्ने भद्र सहमति बिहीबार तोडेको छ । अब बैंकले अघिल्लो महिना कायम ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने छन् । यो खबर बाहिरीयसँगै सेयर बजारले भने खराब प्रर्दशन गरेको छ । बैकले स्वतन्त्र रुपले ब्याजदर घटबढ गर्न पाउने खबर बाहिरीयसँगै सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको हो ।

सो दिन कारोबारमा आएको २ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १८६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा लक्ष्मि बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ५० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, रिडी पावर कम्पनीको ११ करोड ६४ लाख ८९ हजार, अपी पावर कम्पनीको ७ करोड ३५ लाख १६ हजार, नेपाल टेलिकमको ६ करोड ६८ लाख ७७ हजार र हिमालयन डिस्टिलरीको ५ करोड ७७ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सिटिजन म्युचुअल फण्ड सबैभन्दा बढी ४.१२ प्रतिशतले बढेको छ । र्मीरमीरे माइक्रोफाइनान्सको सेयर मूल्य ३.८० प्रतिशतले बढेको छ भने, एनआईसी एशीया फ्लोक्सी फण्ड सबैभन्दा बढी ८ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचकहरु सबै राताम्य भएका छन् । सबैभन्द्या बढी फाइनान्स समूहको परिसूचक ५.२४ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्